बदिनी बन्न के के गरिन् सन्ध्याले ?
अभिनेत्री सन्ध्या केसीलाई काम गरेका फिल्म रिलिज नहुँदा समस्या परिरहेको छ । ‘ह्याप्पी न्यू इयर’ले उनलाई कुनै फाइदा गरेन । कमलेको बिहे रिलिज भैदिएको भए पनि उनलाई राम्रो हुन्थ्यो होला । तर, यो फिल्मका निर्देशक प्रशन्न पौडेलले फिल्म रिलिज नगरेपनि आफूले भने बिहे गरिसकेका छन् । तर, साउनमा उनले अभिनय गरेको पण्डित बाजेको लौरी रिलिज हुँदैछ ।
यो फिल्ममा सन्ध्या बदिनीको भूमिकामा छिन् । बादी महिलाहरुले आफ्नो जीवन पाल्नका लागि शरीर बेच्ने कथालाई यो फिल्ममा देखाइएको छ । फिल्ममा बादी महिलाको भूमिका गर्नका लागि सन्ध्याले के के गरिन् त ? पत्रकारले सोधेको प्रश्नमा सन्ध्याले आफूले करिब एक महिना अध्ययन गरेको बताइन् ।
सन्ध्याले बादी महिलाहरुको जीवन र उनीहरुको भाषालाई आफूले नजिकबाट नियालेको पनि बताएकी छिन् । नयाँ भूमिका गर्न पाउँदा खुशी लागेको बताउँदै सन्ध्याले बादी महिलाको भूमिका दर्शकले मन पराउने बताइन् ।
For More videos Log on to Mazzako TV