अमेरिका बोइजलाई सुखद प्रतिक्रिया
शुक्रबारबाट रिलिज भएको फिल्म अमेरिका बोइजलाई पत्रकारले राम्रो भनेका छन् । शुक्रबार नै राजधानीको बीग मुभिजमा आयोजना गरिएको प्रेश शोमा फिल्म हेर्न पुगेका पत्रकारले यसलाई उत्कृष्ट भनेका छन् । प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्मको हाँस्य पाटोलाई दर्शकले पनि रुचाएका छन् ।
गम्भिर कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्दै दर्शकलाई हसाँउने र अन्त्यमा रुवाउन सफल यो फिल्मको माउथ पब्लिसिटी राम्रो हुने देखिएको छ । अर्पण थापा, अभय बराल, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, आशिष प्रसाई, श्रृष्टी कार्कीको यो फिल्ममा मुख्य भूमिका छ ।
फिल्म अमेरिका बोइजले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ । साथमा, यो फिल्मले सन्देश पनि दिएको छ । यसैले फिल्मले राम्रो कमाई गर्ने आशा यसका निर्माताले पनि पालेका छन् ।
For More videos Log on to Mazzako TV