हलमा ‘अमेरिका बोइज’, ‘बेबी आइ लभ यू’ र ‘हरि’, कुनले कमाउँला बढि ?
आज अर्थात शुक्रबारबाट ३ वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘हरी’ अर्पण थापा तथा सन्दिप क्षेत्री अभिनित फिल्म ‘अमेरिका बोइज’ र सन्तोष खड्गी र पूजा तिवारी अभिनित फिल्म ‘बेबी आइ लभ यू’ एकसाथ प्रदर्शनमा आएका हुन् ।
फिल्म ‘हरि’ लाई सफल केसी र प्रतिक गुरुंगले संयुक्त रुपमा निर्माण गरेको हुन् । फिल्ममा बिपिनसँगै हरीमा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो, लक्ष्मी वर्देवा, सुनिशा बजगाँई लगायतको अभिनय छ ।
युवा पुस्ताको प्रेम कथालाई बुनेर बनाइएको फिल्म हो ‘बेबी आइ लभ यू’ । फिल्ममा दुई नव कलाकार सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जनक पाण्डेको निर्देशन रहेको फिल्मलाई शिव न्यौपाने र सृजना परियार मिलेर बनाएका हुन् । फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यस्तै फिल्म ‘अमेरिका बोइज’ अमेरिका जान खोज्ने नेपाली युवाको कथा हो । कमेडी रुपमा प्रस्तुत गरिएको फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, अभय बराल, आशिष प्रसाईं लगायतको मुख्य भूमिका छन् । प्रवेश पौडेल निर्दे्शित फिल्मलाई प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेल मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV