मरिष्कालाई भूमिका प्यारो
अभिनेत्री मरिष्का पोखरेल राजधानीको बीग मुभिजमा आयोजना भएको फिल्म ‘पण्डित बाजेको लौरी’को गीत रिलिज कार्यक्रममा पुगिन् । चोलीको तुना बोलको गीतमा मरिष्कालाई भन्दा अभिनेत्री सन्ध्या केसीलाई बढी देखाइएको छ । फिल्मको टिजरमा पनि मरिष्का खासै देखिएकी छैनन् ।

मरिष्का र सन्ध्या २ हिरोइन हुँदा एक काखा र अर्को पाखा भएका हुन् कि भन्ने प्रश्न पत्रकारको थियो । हुन पनि फिल्ममा मरिष्का भन्दा सन्ध्या नै हाबी देखिदै आएकी छिन् । तर, मरिष्कालाई भने त्यस्तो लाग्दैन । उनले, आफूलाई त्यस्तो नलाग्ने बताइन् । बरु, फिल्म हेरेपछि दर्शकले आफ्नो भूमिकालाई मन पराउने बताइन् । मरिष्काले गीत, टिजरमा कसलाई कति स्थान दिइन्छ भन्ने कुराले महत्व नराख्ने बताइन् ।
फिल्म हेरिसकेपछि दर्शकले आफ्नो भूमिकालाई मन पराउने उनको दाबी छ । फिल्ममा मरिष्का भन्दा सन्ध्या हट मात्र देखिएकी छैनन् हाबी पनि देखिएकी छिन् । तर, मरिष्का भने यो फिल्ममा आफ्नो भूमिका सुनेरै आफूले साइन गरेको बताउँछिन् ।
For More videos Log on to Mazzako TV








