साउन ४ गतेबाट प्रदर्शनको तयारी गरेको फिल्म ‘पण्डित बाजेको लौरी’ को आइटम गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त भिडियोमा अभिनेत्री तथा भिजे सन्ध्या केसी लाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।


सन्ध्याको साथमा मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलाई भिडियोमा अटाइएको छ । कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णको स्वर सुन्न सकिन्छ । गीतका कोरियोग्राफर विक्रम स्वाँर हुन् । अधृत फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन्

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।
निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए । साउन ४ गतेबाट प्रदर्शनमा आउने ‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।

For More videos Log on to Mazzako TV