प्रशान्त र अर्पण ‘कस्मिक लभ’ मा
अभिनेताहरु प्रशान्त ताम्राकार, अर्पण थापा अब एउटा नयाँ फिल्ममा काम गर्ने भएका छन् । फिल्म ‘कस्मिक लभ’ यी दुईसंगै अभिनेत्री दिया मास्के पनि फाइनल भएकी हुन् । उक्त ‘कस्मिक लभ’ लाई जय गौतमले निर्माण गर्न लागेका हुन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने फिल्मका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको बताइएको छ । फिल्मलाई शंकर अधिकारीले निर्देशन गर्दैछन् ।

यहि असारको १ गतेबाट फ्लोरमा जाने फिल्मलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन । शेखर ज्ञावालीको कथा रहेको फिल्ममामा बाबु साहेबको द्वन्द्व रहने छ ।
For More videos Log on to Mazzako TV







