दीपिकाको सिउँदोमा सिन्दुर
निर्देशक दीपाश्री निरौलाले शेयर गरेको एउटा तस्बिरमा अभिनेत्री दिपिका प्रसाइको सिउँदोमा सिन्दुर देखिएको छ । दीपाले फिल्मका मुख्य २ कलाकार दीपकराज गिरी र दीपिका प्रसाइको तस्बिर शेयर गरेकी छिन् । जहाँ, दीपिकाको सिउँदोमा सिन्दुर देखिएको छ । दीपिकाको सिउँदोमा सिन्दुर देखिएपछि यसपटक पनि उनको बिहे फिल्मका मुख्य कलाकार राजासँग हुन्छ कि भन्ने अड्कल लगाउन सकिन्छ ।

यो फिल्मको अहिले पोखरामा सुटिङ भैरहेको छ । फिल्मको छायांकन असारको पहिलो हप्तासम्म लाग्नेछ । यो पटक दीपकले अभिनेत्री प्रियंका कार्कीलाई छाडेर दीपिकालाई आफ्नो जोडी बनाएका छन् । दीपिका र दीपकको जोडी कस्तो देखिएला भन्ने प्रतिक्षा दर्शकमा छ । फिल्म दशैको फूलपातिबाट रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV








