प्रदीप र जसिताको ‘लभ स्टेशन’
अभिनेता प्रदीप खड्का र ’लिलिबिली’ निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा नया फिल्म निर्माण गर्ने भएका छन् । जसमा
लिलिबिली जोडी प्रदीप र नायिका जसिता गुरुङले दोस्रो पटक स्कृन सेयर गर्ने छन् ।
उज्जवल घिमिरेले निर्देशन गर्ने उक्त फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ । यस फिल्ममा अन्य २ अभिनेत्रीको लिड रोल रहने बताइएको छ । फिल्म लिलिबिलीमा अभिनेत्री गुरुङलाई मज्जाले रुचाईएको थियो । उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा धेरैले हेरेको छन् ।
फागुन २४ लाई फिल्मको रिलिज डेट समेत तय गएिको छ । अहिले फिल्मको स्क्रिप्टको फाइनल ड्राफको काम भइरहेको बताइएको छ । गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लि. बाट यो फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि ’स्केप’ र ’ठूलोमान्छे’ नामक फिल्म निर्माण गरेका थिए ।
For More videos Log on to Mazzako TV