बजेट भाषणमा बक्स अफिसको कुरा
नेपाल सरकारले बक्स अफिस प्रणाली जडान गरि फिल्मको व्यापारलाई पारदर्शी बनाउने बताएको छ । अर्थमन्त्री डाक्टर यूवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा फिल्मको व्यापारलाई पारदर्शी बनाउनका लागि बक्स अफिस प्रणाली जडान गरिने बताएका छन् । सरकारले पहिलो पटक बजेट भाषणमा बक्स अफिस प्रणाली लागू गर्ने कुरा उल्लेख गरेको हो ।

यस्तै, सरकारले बजेट भाषणमा सामाजिक सन्देश फैलाउने फिल्मलाई सहुलियत उपलब्ध गराउने बताएको छ । यो सँगै बक्स अफिसको मुद्दा सरकारीस्तरबाटै लागू हुने देखिएको छ । चलचित्र विकास बोर्डले विभिन्न हलमा बक्स अफिस प्रणाली लागू गर्ने तयारी थाल्दै गर्दा सरकारले बजेटमा नै यसलाई उल्लेख गरेको हो ।
For More videos Log on to Mazzako TV







