केक काट्ने परम्परा
अभिनेत्री केकी अधिकारीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ले एक करोड ग्रस गरेको भन्दै एक सातामा केक काटिन् । फिल्म दर्शकले मन पराएको भन्दै केकी र उनको टिमले केक काटेर खुशियाली मनायो । फिल्मले एक सातामा एक करोड ग्रस गर्दा नै केक काटेको भन्दै केकीको आलोचना पनि भयो । तर, अहिले केक काट्ने फेसन नै चलेको छ ।
अभिनेत्री ऋचा शर्माले पनि फिल्म सुनकेशरीले ए करोड ग्रस गरेको भन्दै राजधानीको कुमारी हलमा केक काटिन् । उनले, फिल्मलाई दर्शकले मन पराएको समेत दाबी गरेकी छिन् । एक करोड फिल्मले ग्रस गर्दा निर्माताले ३० लाख पनि पाउँदैनन् । तर, फिल्मले एक करोड नकमाउँदै निर्मात्रीहरु केक काटेर खुशीयाली मनाउन थालिसकेका छन् ।
अर्पण थापाले निर्देशन गरेको फिल्म सुनकेशरीले मल्टिप्लेक्समा २ दिन राम्रो व्यापार गरेको थियो । फिल्म हरर भएपनि हसाँएको भन्दै समिक्षक र दर्शकले आलोचना पनि गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV