शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘बेबी आई लभ यू’की मुख्य अभिनेत्री पूजा तिवारीले आफू स्टार हुन फिल्म बजारमा आएको बताएकी छिन् । फिल्ममा आएपछि अब आफू नफर्कने भन्दै उनले यो क्षेत्रमा नै व्यस्त हुने बताइन् । यो फिल्मको कथावस्तु उत्कृष्ट रहेको भन्दै पूजाले दर्शकले फिल्म हेरेपछि आफूलाई मन पराउने बताइन् ।

उनले फिल्ममा आफूलाई अभिनय देखाउन मन लागेको भन्दै जस्तो भूमिका पाएपनि निभाउने बताइन् । सानैबाट हिरोइन बन्न मन लागेको बताउने पूजाले बेबी आई लभ यूको अफर आफूले अस्विकार गर्न नसकेको बताइन् । फिल्म हेरेपछि दर्शकले प्रेमको बास्तविक अर्थ वुझ्ने उनको भनाई छ ।

नेपाली फिल्ममा अन्य अभिनेत्री भएपनि आफू प्रतिस्पर्धाका लागि यहाँ नआएको उनले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV