टीभी शो र फिल्मले प्रियंकालाई भ्याई नभ्याई
अभिनेत्री प्रियंका कार्की फिल्म क्षेत्रकी सबैभन्दा व्यस्त अभिनेत्री हुन् भन्ने कुरा त सबैलाई थाहा छ । प्रियंकाको लोभलाग्दो व्यस्तताले कहिलेकाही उनलाई पनि हैरानी बनाउँछ । किनकी, उनी अन्य केही कुरापनि सोच्न पाउँदिनन् । अहिले पनि प्रियंका उस्तै व्यस्त छिन् । प्रियंका एपी वान टेलिभिजनबाट प्रशारण भैरहेको वुगी उगीमा व्यस्त छिन् ।

यो डान्स रियालिटी शो की जर्ज प्रियंका प्रतिस्पर्धीसँग रमाइलो गरिरहेको, उनीहरुको कामको प्रशंसा र खण्डन गरिरहेकी हुन्छिन् । प्रियंका, अभिनेता दिलिप रायमाझी, कोरियोग्राफर कविराज गहतराजको साथमा यो शोको निर्णायक हुन् । तर, यो शोले हाइप भने लिन सकेन । योसँगै प्रियंका अहिले फिल्म ‘यस्तो एउटा प्रेम कहानी’को छायांकनमा पनि व्यस्त छिन् ।
दुबैतिर सेड्यूल व्यस्त भएकाले भ्याई नभ्याई रहेको उनले बताएकी छिन् । धेरैतिर हात हाल्दा प्रियंका कहिलेकाही खाना खान समेत भ्याउदिनन् ।
For More videos Log on to Mazzako TV








