ऋचाको सुनकेशरीले दर्शक हसाँयो, तर सिक्वेल बन्ने
अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म सुनकेशरी मल्टिप्लेक्समा राम्रो चलेको छ । राजधानीका मल्प्लिेक्समा अरु फिल्म नहुनुको फाइदा यसले उठाएको छ । दोश्रो दिनसम्म राम्रो चलेको फिल्म आइतबारबाट पनि औषत लयमा छ । यो फिल्म करोड ग्रस गर्ने बाटोमा लागेको ऋचाले बताएकी छिन् । फिल्मले करोड गं्रस गर्दा ऋचाको हातमा ३० लाख हारहारीमा पैसा आउँछ ।
यसैले, फिल्मले अझै लामो रेशको घोडा बन्न जरुरी छ । अर्पण थापाले निर्देशन गरेको यो फिल्मको सिक्वेल बनाउने घोषणा पनि ऋचाले गरेकी छिन् । फिल्मको अन्त्यमा सिक्वेल बन्ने गरि सकाइएको भन्दै उनले चाडै नै सिक्वेल बनाउने बताएकी हुन् ।
फिल्मले दर्शकलाई हसाँएको समिक्षा आइरहेको छ । हरर फिल्म भएपनि दर्शकलाई बढी हसाँउने भन्दै यसको आलोचना भएको छ ।
For More videos Log on to Mazzako TV