उड्ला कि चुडिएला चंगा ?
यो महिना अर्को एउटा कमेडी फिल्म पनि रिलिज हुँदैछ । जेठ २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चंगा’को कमेडीले नै भरिएको ट्रेलर सार्वजनिक भैसकेको छ । टेलिभिजनमा दर्शक हसाँउन सफल कलाकार किशोर भण्डारी ‘डिठ्ठा साब’ले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा वुद्दि तामाङ, अंकित खड्का, कमलमणि नेपाल, लक्ष्मी वर्देवा, रश्मी तिमिल्सिनाको मुख्य भूमिका छ ।

फिल्मको ‘कम्पनी माला’ बोलको गीत हिट भैसकेको छ । यसैले फिल्मको व्यापारमा यो गीतले सहयोग गर्नेछ । नेपालमा कमेडी फिल्म चलिरहेको समयमा किशोर भण्डारी चंगालाई पनि दर्शकले माया गर्ने कुरामा ढुक्क छन् । उनले, फिल्मले बालक अपहरणको कथालाई उठान नगरेको बताएका छन् ।
टेलिभिजनमा रुचाइएका कलाकारलाई फिल्ममा पनि दर्शकले रुचाएका छन् । अब, चंगा उड्ला कि चुँडिएला ? जेठ २५ गते थाहा हुनेछ ।
For More videos Log on to Mazzako TV








