यही जेठ १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘कहानी तेरो र मेरो’ बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर सन्न सकिन्छ । शब्द तथा संगीत पनि सन्तोषकै हो । फिल्मको ‘कान्छी मायालु’ बोलको गीत र ट्रेलरले मज्जाको प्रतिक्रिया पाइसकेको छ ।


सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचरिंग भएका छन् । सुरज आचार्यको सिनेम्याटोग्राफी छ । सन्तोषको कथा रहेको बेबीआइ लभ यू लाई जनक पाण्डेले निर्देशन गरेकाहुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ ।
शिव न्यौपानेले निर्माण गरेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल अनि निर्मल शर्माको अभिनय छ । लभ स्टोरी फ्लेवरको बेबीआइ लभ यू टिम यतिबेला फिल्मको प्रचार प्रसारमा व्यस्त छ ।

For More videos Log on to Mazzako TV