अब जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड गर्न लागेको हो । टोकियोमा अहिलेसम्मकै विशाल साँस्कृतिक कार्यक्रमका बीच अवार्ड हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताए ।

अवार्डमा नेपाली फिल्म र संगीत दुबै विधामा नामिनेशन छनौट गरि अवार्ड वितरण गरिनेछ । फिल्म र संगीत गरि जम्मा १२ विधामा उत्कृष्ट ५ नोमिनेशन रहने र अनलाइन भोटिङको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाई छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड गरिने लामिछानेले जानकारी दिए

For More videos Log on to Mazzako TV