अनमोलले लिए ‘कृष्ण’ को नाम
अभिनेता अनमोल केसीले यो बर्ष दोश्रो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । बिहिबार राष्ट्रिय सभागृहमा आयोजना भएको दशौ डी सिने अवार्डमा पनि उनले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जिते । अनमोल अवार्डको सुरुवातदेखि नै कार्यक्रम हलमा उपस्थित थिए ।
अवार्ड जितेपछि स्टेजमा चढेका अनमोलले यो अवार्ड मात्र नभएर फिल्म क्षेत्रलाई अगाडि बढाउने आफ्नो जिम्मेवारी समेत भएको बताएका थिए । उनले, अवार्ड लिदै गर्दा भगवान् कृष्णको नाम समेत लिए । अनमोल भगवान् कृष्णका ठूला भक्त हुन् । अनमोलले एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा समेत उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
अवार्ड पाउँदा अनमोल खुशी देखिए । उनले, अझै मिहिनेतका साथ काम गर्ने बताए ।
For More videos Log on to Mazzako TV