श्रृष्टीलाई चाहियो यस्तो केटा
अभिनेत्री श्रृष्टी श्रेष्ठलाई रुचाउने यूवाहरुको संख्या त धेरै छ । तर, श्रृष्टीलाई भने कस्तो यूवाले मन जित्छन् होला ? श्रृष्टी अभिनेता सौगात मल्लको प्रेममा छिन् । यसैले पनि अहिले श्रृष्टीको जीवनमा कुनै यूवाले प्रवेश पाउने त कुरै भएन । श्रृष्टी र सौगातको प्रेम चलेको लामै समय भयो । यो जोडी प्रेममा धेरै रमाउँदा फिल्ममा भने असफल हुँदै गैरहेको छ ।

श्रृष्टीलाई वास्तविक जीवनमा कस्तो केटा चाहिएको होला ? श्रृष्टीले फिल्म ‘रोमियो एन्ड मुना’को पत्रकार सम्मेलनमा आफूलाई मात्र नभएर सबै यूवतीलाई राम्रो गुण भएको पुरुष चाहिने बताएकी छिन् । श्रृष्टीले पत्रकारको प्रश्नमा हाँस्दै भनिन्–‘मलाई त गुड ह्यूमन विइङ’ मनपर्छ । श्रृष्टीले भनेजस्तै सौगातमा यो गुण छ कि छैन होला ?









