अभिनेता दयाहाङ्ग राई, बर्षा शिवाकोटी र सुरक्षा पन्त स्टारर फिल्म ‘भैरे’ ले नयाँ रिलिज डेड सार्वजनिक गरेको छ । यसअघि जेष्ठ १८ अलनेपाल सार्वजनिक प्रदर्शन तयारी गरेको थियो । अब भने फिल्म श्रावण ४ गतेबाट प्रदर्शनमा आउने फाइनल भएको छ । नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि ट्रेलर रिलिज समेत स्थगित गरिएको थियो ।


आन्दोलन सहमतिमै टुंगिएपछि प्रचार प्रसारको लागि समय पुग्ने हिसाबले श्रावण ४ लाई रिलिज डेट फाइनल गरिएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV