सिवानीको उलाला…
फिल्म ‘कही कतै’बाट अभिनेत्री उमा बेबीकी छोरी सिवानी गिरी फिल्म लाइनमा आउँदैछिन् । सिवानीले फिल्ममा आउने तयारी गर्दै गर्दा आफ्नो ग्ल्यामर पहिरनले भने सबैको ध्यान खिच्न थालेकी छिन् । फिल्मको गीत रिलिज कार्यक्रममा पनि सिवानीले आधा क्लिभेज देखिने पहिरन लगाएकी थिइन् ।

सिवानीको यो पहिरनले संचारमाध्यममा राम्रै स्थान पाएको थियो । अहिले, उनी ग्ल्यामर पहिरन लगाएर कार्यक्रममा पुग्ने र सबैको ध्यान तान्ने मुडमा छिन् । बिहिबार आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा पनि सिवानीले नृत्य गरिन् । अवार्ड कार्यक्रममै सेक्सी पहिरन लगाएर पुगेकी उनले नृत्य गर्दा त सबैको ध्यान खिचिन् ।
सिवानीको सानो उमेरमै यो खालको शैलीले उनलाई चर्चित बनाउने कुरामा दुइमत छैन । तर, सिवानीले फिल्ममा कस्तो काम गरेकी छिन् त्यसले मात्र उनको भविष्यको फैसला गर्नेछ ।
For More videos Log on to Mazzako TV







