कतारमा पूजाको ‘रामकहानी’
फिल्म ‘रामकहानी’को सुरुवाती दृश्यको छायांकन कतारमा गरिएको छ । फिल्मको छायांकनका लागि निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र छायांकार सौरभ लामा कतार पुगेका थिए । निर्देशक थापाका अनुसार, फिल्मको सुरुवातको दृश्य नै कतारबाट सुरु हुनेछ ।
जसमा, दर्शकले अभिनेत्री पूजा शर्मालाई देख्न पाउनेछन् । कतारमा रहँदै आएका कलाकार बिष्णु कार्कीको सहयोगमा छायांकन संभव भएको हो । सुदर्शनले फिल्मको छायांकन अनुमतीका लागि ८ लाख खर्च भएको बताएका छन् । कमेडी र प्रेमकथामा निर्माण भएको यो फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ ।
फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV