अभिनेत्री रेजिना उप्रेतीलाई अब भने फेरि फिल्ममै फर्कन मन लागेको छ । रेजिनाको पहिरन र हाउभाउ हेर्दा उनले केही बर्ष फिल्म दुनियाँलाई मिस गरेको प्रष्ट छ । रेजिना उप्रेती बिहेपछि फिल्ममा देखिएकी छैनन् । अझ, छोरी पाएपछि त उनको शरीर मोटायो । यसैले पनि रेजिनालाई लिएर फिल्म बनाउन निर्माताहरुले आँट गरेनन् ।

रेजिनाले चैत्रमा आयोजना भएको ‘फान अवार्ड’ मा स्टेजमा नृत्य गरेकी थिइन् । उनै, रेजिनाले बिहिबार आयोजना भएको दशौ डीसिने अवार्डमा नृत्य गरिन् । अभिनेता रोहित रुम्बाको जोडी भएर नृत्य गरेकी रेजिनाले छोटो पहिरन लगाइन् ।

उनले शरीर पनि घटाएकी छिन् । रेजिनालाई पहिरन छोटो हुँदा नाच्न गाह्रो त भयो । तर, पनि उनको नाच्ने र अभिनय गर्ने रहर फेरि पलाएको छ ?

For More videos Log on to Mazzako TV