नायक सलिनमान बनिया अभिनित फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन सुरु भएको छ । यही जेठ १० गतेबाट छायाँकन सुरु भएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो । पहिलो दिन फिल्मको टाइटल गीतको छायाँकन गर्दै टोलि सोलु प्रस्थान गरेको हो ।

राजधानीबाटै सुरु गीतको छायाँकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ । यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गयानमा भने प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ् दिएकी छिन । फिल्म युनिट गीत छायाँकन गर्दै सोलु पुग्नेछ भने, त्यहाँ झन्डै ३ साता फिल्मको छायाँकन हुनेछ । सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा फिल्को छायाँकन गरिनेछ ।

फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।

फिल्मलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।

For More videos Log on to Mazzako TV