रोमियो एण्ड मुना रिलिज मिति तय, यस्तो बन्यो पल पल गीत (भिडियो)

नयाँ गीत रिलिज गर्दै फिल्म रोमियो एण्ड मुनाको अन्तिम प्रदर्शन मिति तय गरिएको छ । फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले बिहिबारको प्रेसमिट गर्दै जानकारी दिए । पल पल गीत सुक्मित गुरुङले गाएको हिट गीतहो । गीतमा संगीत तथा शब्द विश्व शाहीको छ । फिल्मका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोलाई राजीव समर र निर्देशक नरेशकुमार केसीले कोरियोग्राफी गरेका छन् । गीतको भिएफएक्स पक्ष आइड्रिम एनिमेशनले गरेको हो । छायाँकन शिवराज श्रेष्ठले गरेका छन् ।

कार्यक्रममा गायिका सुक्मित गुरुङलाई रोमियो मुना टिमले सम्मान पनि गर्यो । सुक्मितले आफ्नो पुरानो गीतलाई पुर्नजन्म दिएकोमा फिल्म टिमलाई धन्यवाद दिइन् । यस्तै राष्ट्रिय स्तरका पेन्टर सागर शाह र सन्तोष विष्टलाई पनि रोमियो एण्ड मुना टिमले सम्मान गर्यो ।

भि मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमाविनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।
रोमियो एण्ड मुनाको पल पल गीत हेर्नुस् :
For More videos Log on to Mazzako TV








