अभिनेत्री अदिती वुढाथोकी थाइल्याण्डमा छिन् । मुम्बइको गर्मी छल्न उनी थाइल्याण्ड पुगेकी हुन् । थाइल्याण्ड पुगेकी अदितीले स्विमिङ पूलमा खिचिएको सेक्सी तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् । अदिती स्विमिङ कस्ट्यूममा सेक्सी देखिएकी छिन् ।

उनको यो तस्बिरमा थुप्रैले कमेन्ट गरेका छन् । अदिती यस्ता फोटो पोष्ट गर्न कत्ती पनि हिच्किचाउदिनन् । यसैले पनि उनी सधै नै समाचारमा बनिरहन्छिन् । नेपाली फिल्म ‘कृ’मा काम गरेपनि अदितीले यसपछि दोश्रो फिल्म साइन गरेकी छैनन् ।

उनलाई अहिले तेलेगु फिल्मबाट अफर आएको छ र उनी सोही फिल्ममा काम गर्ने तयारीमा छिन् । अदिती फिल्मसँगै सामाजिक संजालबाट पनि चर्चित छिन् ।

For More videos Log on to Mazzako TV