फिल्म ‘जाइरा’का कलाकारले फिल्मको लुक्स सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरु आफ्नो फिल्मी लुक्समा उपस्थित भएका थिए । फिल्मलाई मंसिर १४ गतेबाट रिलिज गर्ने पत्रकार सम्मेलनमा निर्देशक आशुतोषराज श्रेष्ठले बताएका छन् । यो फिल्ममा नम्रता बक्सरको भूमिकामा देखिदैछन् ।

यसका लागि उनले ६ महिना मार्सल आर्ट सिकेकी थिइन् । नम्रताले फिल्मका लागि कपाल काटेकी छिन् । यस्तै, आफूले फिल्मका लागि ८ केजी तौल पनि घटाएको नम्रताले बताएकी छिन् । फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठलाई देख्न सकिन्छ ।

फिल्ममा श्रृजना खलअभिनेत्रीको भूमिकामा छिन् । उनको लुक्स पनि दर्शकलाई भिन्न लाग्छ । अभिनेत्री नम्रता श्रेष्ठ फिल्ममा फरक फरक भूमिका निर्वाहा गर्न मन पराउँछिन् । उनले, फिल्मका लागि कपाल काट्दा रोएको समेत बताइन् ।

For More videos Log on to Mazzako TV