‘लिलिबिली’ टिमको झगडा
निर्माता तथा वितरक गोविन्द शाहीले हलबाट पैसा उठाएर आफूहरुलाई नदिएको भन्दै फिल्म ‘लिलिबिली’का अन्य २ निर्माता मिलन चाम्स र सुदिप खड्काले निर्माता संघमा उजुरी दिएका छन् । २ निर्माताको उजुरी परेपछि निर्माता संघले चलचित्र संघलाई पत्र लेख्दै अहिले शेयरको पैसा गोविन्दलाई नदिन भनेको छ ।
यसबाट गोविन्द आक्रोशित भएका छन् । गोविन्दले भने फिल्ममा आफ्नो १ करोड भन्दा बढी लगानी भएको भन्दै अन्य २ निर्माताको २५–२५ लाख मात्र लगानी भएको बताए । फिल्ममा सुरुमा ३३ प्रतिशतका दरले ३ जनाले लगानी गर्ने सहमती भएपनि पछि सुदिप र मिलनले हात झिक्दै २५ लाख भन्दा बढी ननिकालेपछि गोविन्दले १ करोड भन्दा बढी लगानी गरेका थिए ।
सुदिप र मिलनले निर्माता संघमा उजुरी दिएपछि गोविन्द अब प्रहरीमा उजुरी दिने तयारीमा छन् । आफूले केही पनि गल्ती नगरेको उनले बताएका छन् । प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको यो फिल्म चैत्र ३० गतेबाट रिलिज भएको थियो ।
For More videos Log on to Mazzako TV