भदौ १ मा अर्को फिल्म पनि थपियो
भदौ १ गते नै फिल्मको चाप हुने भएको छ । यो डेटमा नयाँ नयाँ फिल्मले रिलिजका लागि तयारी थालेपछि त्रिपक्षिय भिडन्तको संभावना देखिएको छ । यो डेटमा फिल्म ‘मिस्टर भर्जिन’ले सबैभन्दा पहिले डेट तोकेको थियो । आइतबार मात्र फिल्म ‘जय शम्भु’को रिलिज डेट पनि यहि मितिमा तोकिएको थियो ।

अब, जेठ ११ गतेबाट सरेको फिल्म ‘ब्ल्याक’ पनि यो डेटमा आउने भएको छ । फिल्मका निर्देशक प्रदिप श्रेष्ठले भदौ १ गते फिल्म रिलिज हुने जानकारी दिएका छन् । आँचल शर्मा र आकाश श्रेष्ठलाई लिएर बनाइएको फिल्मको गीत रिलिज भैसकेको छ ।
जेठ ११ गते रिलिज गर्ने भनेर प्रचार गरिएको फिल्मको निर्माता संघको आन्दोलनले अन्यौल बनाएपछि प्रदर्शन मिति सारिएको थियो । अब, भदौ १ गते ३ वटा फिल्म रिलिज हुने भएका छन् ।
For More videos Log on to Mazzako TV








