करिश्माको स्कुल ड्रेस मोह
अभिनेत्री करिश्मा मानन्धरले ४० कटेपछि फेरि पढाइलाई निरन्तरता दिएपछि अहिले उनको सर्वत्र प्रशंसा भैरहेको छ । करिश्माले यो उमेरमा पनि पढ्ने हिम्मत गरेको भन्दै सबैले उनको तारिफ गरिरहेका छन् । करिश्मा पनि पढाइलाई गम्भिर रुपमा लिइरहेकी छिन् । करिश्मा यो बर्ष एसइइ परिक्षा दिने तयारीमा पनि छिन् ।

करिश्मा मानन्धरलाई परिक्षाले यसरी तताएको छ कि, उनी स्कुल नगएको दिन कमै मात्र हुन्छ । करिश्मा मानन्धरलाई स्कुलको ड्रेसमा बाहिरी कार्यक्रममा देखिएको छैन । सोमबार बेलुकी चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा करिश्मा स्कुल ड्रेसमै पुगेकी थिइन् । करिश्माको स्कुल पहिरन पहिलो पटक यसरी देखिएको हो ।

सामान्य मेकअप, चश्मा लगाएकी करिश्मा अरु बेला भन्दा भिन्न देखिइन् । करिश्माको पढाइप्रतिको मोह यसबाट पनि झल्किन्छ । तर, करिश्माले भने स्कुलबाट सिधै कार्यक्रममा आएकाले अरु ड्रेस लगाउन नपाएको बताएकी थिइन् ।
For More videos Log on to Mazzako TV








