अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डेलाई मुख्य भूमिकामा लिएर फिल्म ‘माछा माछा’को निर्माण सुरु भएको छ । ३ जना गाउँले यूवाहरुले शहरमा गरेको संघर्षलाई कमेडी जनरामा यो फिल्मले देखाउनेछ । फिल्मलाई सुनिल गुरुङले निर्देशन गरिरहेका छन् । सोमबारबाट छायांकनमा गएको फिल्मलाई काठमाण्डौ, भक्तपुर र ललितपुरमा खिचिनेछ ।

फिल्मलाई १ महिना लगाएर छायांकन सक्ने निर्देशक सुनिलले बताएका छन् । फिल्ममा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, लाई पनि दर्शकले देख्नेछन् । सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्न लागेका हुन् ।

फिल्मको छायांकन काठमाण्डौको गौरीघाटबाट सुरु गरिएको हो । त्यसअगाडि मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको थियो ।

For More videos Log on to Mazzako TV