फेरि एकपटक नेपाली फिल्म क्षेत्रलाई ब्यूताउने फिल्मको खोजी सुरु भएको छ । यो बर्ष लागेसँगै रिलिज भएका कुनै पनि फिल्मले हलमा दर्शक तान्न नसकेपछि फिल्मीकर्मीमा निराशा छाएको छ । वैशाखमा रिलिज भएका कुनै पनि फिल्मले लगानी उठाउन सकेनन् । ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, लम्फू’ लगायतका फिल्म रिलिज भएपनि चलेनन् ।

अरु, फिल्मको तुलानामा ‘कोहलपुर एक्सप्रेस’को व्यापार केही बलियो देखिएपनि सुखद भने होइन । यसैले, हलवालाहरु पनि निराश देखिन थालेका छन् । न त ठूलो हिन्दी फिल्म आउनु न त नेपाली फिल्म चल्नु । हलवालाहरुको व्यापारामा पनि निराशा छाएको छ । अहिले फिल्म क्षेत्रमा कुन फिल्मले आशाको दियो बाल्ला भन्ने खोजी सुरु भएको छ । अािखर, कुन फिल्मले यो बर्षको पहिलो हिटको रुपमा आफूलाई दर्ता गर्ला ?

For More videos Log on to Mazzako TV