चर्चित पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनित फिल्म ‘अनुराग’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाँई निर्देशित फिल्मको ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक सत्यराज चौलागाँईको शब्द तथा सरोज पोख्रेलको संगीत रहेको उक्त गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

गीत सुन्दा निकै मज्जा त लाग्छ, नै त्यस माथि अभिनेत्री एलिजा गौतम र नायक समुद्र पण्डितसंगको केमेष्ट्रि पनि लोभलाग्दो देखिएको छ । फिल्म आउँदो साउन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

‘अनुराग’ मा एलिजा, समुन्द्रसंगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय छ ।
फिल्म ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।

For More videos Log on to Mazzako TV