तपाइले फिल्म ‘ए मेरो हजुर २’ हेर्नुभएको थियो भने, यसमा एक कलाकार थिए । जसको नाम थियो, अजस्र ढुंगाना । उनले फिल्ममा निर्वाहा गरेको भूमिकालाई दर्शकले मन पराएका थिए । अब, उनै अजस्र फिल्ममा अभिनेताको रुपमा डेब्यू गर्दैछन् । पुणेन्द्रु झाले निर्देशन गरिरहेको फिल्म ‘चौका दाउ’मा उनी अभिनेत्री बर्षा राउतको जोडीको रुपमा देखिएका छन् ।

संगीतका शम्भुजित बास्कोटाको परिकल्पना, कथा र संगीत रहेको यो फिल्ममा ४ यूवालाई एक यूवतीले घुमाउने कथा देखाइदैछ । फिल्मको छायांकन अहिले तिव्र रुपमा भैरहेको छ । सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरिरहेका छन् । फिल्ममा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ ।

फिल्ममा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत छ ।

 

 

For More videos Log on to Mazzako TV