फिल्म ‘कमिटमेन्ट’बाट अभिनेता निखिल उप्रेतीले आफ्नै साली सिवानी लुइटेललाई फिल्म लाइनमा भित्राएका थिए । यो फिल्ममा शिवानीको इन्ट्री भएसँगै चर्चा पाएको थियो । तर, फिल्मको छायांकन ३० प्रतिशत भएपछि यसको काम नै रोकियो । सुरुमा निखिलले प्राविधिकहरुलाई पैसा नदिएको भन्दै उजुरी परेपछि काम रोकियो ।

पछि प्राविधिकहरुले पैसा त पाए त र काम सुरु भएको छैन । बलिउडका समेत केही चर्चित कलाकार ल्याएर निखिलले फिल्मको सुटिङ पनि गरेका थिए । तर, अहिले फिल्मको छायांकन ठप्प छ । फिल्मको छायांकन रोकिएपछि सिवानी अहिले दिल्ली पुगेकी छिन् । एमबीएको पढाई सकेकी सिवानीले एक विदेशी प्रोजेक्टमा काम सुरु गरिसकेकी छिन् । उनी, अब फिल्ममा फर्किने संभावना कम छ ।

सिवानी फेसबुकमा बोल्ड तस्बिर राख्न माहिर छिन् । तर, सुरुमै चामलमा ढुंगा परेपछि सिवानीले अर्को पेशा रोज्ने निर्णय गरिन् । उनी, अहिले डबल डिग्रीको तयारीमा समेत लागेकी छिन् ।

 

For More videos Log on to Mazzako TV