विश्वकै कान्छा निर्देशक सौगातको ‘हैरान’ हलमा
शुक्रबार अर्थात आजबाट नेपाली फिल्म ‘हैरान’ अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको छ । विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित दोश्रो फिल्मलाई सोलो रिलिज भएको हो । फिल्म ‘हैरान’ मात्र हलमा रिलिज हुदा दर्शकले कस्तो साथ देलान् ? त्यो भने हेर्न बाकी छ ।

कमेडी जनराको ‘हैरान’ फिल्ममा गजित विष्ट, बुद्धि तामांग, सत्यराज आचार्य, सरोज खनाल, सागल लम्साल, निश्मा घिमिरे, आराही शर्मा, वासिम राजा र शिशिर भण्डारीको अभिनय छ ।
फिल्मका लेखक गम्भिर विष्ट हुन् । गम्भिर हैरानका टेक्निकल डिरेक्टर र कोरियोग्राफर समेत हुन् । सौगात, गजित र आरोहीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् स् सम्झना पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा सत्य स्वरुप, सन्तोष श्रेष्ठ, राजन ईशान र किरण कंडेलको संगीत छ । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV








