लेखक तथा गायक राधेश्याम खड्काको नयाँ राष्ट्रिय गीत सार्वजनिक भएको छ। विभिन्न बिधाहरुमा कलम चलाउदै आएका खड्काको यो देश नेपाल… बोलको पहिलो राष्ट्रिय गीत सार्वजनिक भएको हो। देशमा रहेका बेरोजगार युवायुवतिहरुलाई प्रेरणा प्रदान गर्नका साथै राष्ट्रिय भाव झल्काउने सार्वजनिक गीतमा खड्काका साथमा बालान्द राई र लरेटो सिंह र निरञ्जन खड्काको स्वर रहेको छ।

गीतमा शब्द र संगीत भने खड्का स्वयकै रहेको छ। नेपालमा चलिरहेको द्वन्द्वकालकै अवस्थामा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गायक खड्काले बताए। देश द्वन्द्वले शिथिल बन्दै गएका बेला युवा युवतिमा नयाँ जोश र जाँगर भर्नका साथै देशमा शान्ति प्राप्तीका निम्ती गीतको रचना गरिएको खड्काले जानकारि दिए। सार्वजनिक गीत २०६१ सालको राष्ट्रब्यापी राष्ट्रिय गीत प्रतियोगितमा समेत छनौटमा परेको थियो।

गीतको भिडियो

For More videos Log on to Mazzako TV