सामाजिक संजाल क्रेजी हमाल
अभिनेता राजेश हमाल अहिले मिडिया र फिल्मबाट टाढा छन् । हमालले फिल्म निर्देशन गर्ने बताएपनि त्यो काम सुरु हुन सकेको छैन । उनले, चाडै नै फिल्म निर्देशन गर्न लागेको खबर भने सार्वजनिक भैरहेको छ ।

अभिनेता राजेश हमाल जतिबेला फिल्ममा खुबै व्यस्त थिए, उनले न त मोबाइल प्रयोग गर्थे न त सामाजिक संजाल नै । अभिनेता हमालको हातमा मोबाइल नै हुन्थेन । उनी, सामाजिक संजालमा खासै रुची नभएको पनि बताएका थिए । तर, राजेश हमाल अहिले फिल्ममा चर्चामा छैनन्, तर फेसबुकमा छन् । उनलाई लिएर फिल्म बनाउन निर्माताले हिम्मत गरेका छैनन् ।

हमालले फिल्ममा काम नगर्दा अहिले उनी सामाजिक संजाल खुबै चलाउन थालेका छन् । हमालको हातमा मोबाइल पनि देखिन्छ । सामाजिक संजालमा सबैभन्दा बढी फोटो पोष्ट गर्ने कलाकारको सूचीमा राजेश हमाल अगाडी आउँछन् ।

फिल्ममा हिट हुँदा राजेश हमालले सामाजिक संजालको प्रयोग गर्न जानेनन् । अहिले, फिल्ममा काम नहुँदा हमाल सामाजिक संजाल क्रेजी बनेका छन् ।
For More videos Log on to Mazzako TV








