पलले फिल्म नगर्दा आँचल पनि चुप
फिल्म ‘शत्रु गते’ हिट भएपछि अभिनेता पल शाहले ३ महिना फिल्म नगर्ने बताएका थिए । पलले नयाँ फिल्म किन नगर्ने निर्णय गरेका हुन् भन्ने उनलाई थाहा होला । पल शाह फिल्मको प्रचारमा धेरै सस्तो भएको भन्दै आलोचना भएपछि सायद पलले फिल्म नगरेका हुन् । उनले कथा भने पढिरहेको बताएका छन् ।

अभिनेता पल शाहले फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन । तर, पल चुप बस्दा उनकी प्रेमिका आँचल शर्मा पनि चुप बसेकी छिन् । आँचलले पनि नयाँ फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन ।

आँचललाई पल विना फिल्म खेल्न आनाकानी गर्ने गरेको आरोप लाग्ने गरेको छ । पलसँग मात्र देखिदा आँचलको आलोचना हुने गर्दछ । तर, आँचलले आफू पलसँग मात्र नदेखिएको बताउँदै आएकी छिन् भने पलले आफूले फिल्ममा आँचललाई सिफारिश नगरेको बताउँदै आएका छन् ।
तर, पलले फिल्म साइन नगर्दा आँचल पनि चुप छिन् ।
For More videos Log on to Mazzako TV








