हैट र मंगलीको ‘मट्टिमाला’ (भिडियो)
टेक पौरखी राई निर्देशित फिल्म ‘मट्टिमाला’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त ट्रेलर हेर्दा मज्जा लाग्छ । यहि जेठ २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) मुख्य भूमिका छन् ।
हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । फिल्ममा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई लगायतको अभिनय छ । निर्माताको रुपमा पृथ्वि रहेका छन् ।
चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गितकार जानू काङ्बाङ लिम्बू , रोशन भट्टराई , साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई,अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् ।
For More videos Log on to Mazzako TV