प्रदिपको गेटअप र २५ लाखको चर्चा
अभिनेता प्रदिप खड्का फिल्म ‘दिपेन्द्र सरकार’ को घोषणा हुँदा यूवराजको पोशाकमा पत्रकार सम्मेलनमा उपस्थित थिए । उनको यो गेटअपले खुबै हंगामा मच्चायो । तर, यो फिल्म बन्न भने सकेन । प्रदिपलाई मिडियाले वुधबार एनएफडीसीको परिसरमा बनाइएको अदालतको भव्य सेटमा अर्को फरक गेटअपमा देखे ।
प्रदिपले लामो कपाल र दाह्री पालेका थिए । उनलाई प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा अदालतमा उभ्याइएको थियो । प्रदिपको यो गेटअपले सबैको ध्यान खिच्यो । निरक पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रोजी’मा प्रदिपको यस्तो गेटअप पनि दर्शकले देख्न पाउनेछन् । फिल्मका लागि प्रदिपले २५ लाख पारिश्रमिक लिएको चर्चा चलेको छ ।
तर, प्रदिपले पत्रकारहरुसँग कुरा गर्दै यो बिषय खोल्न नचाहेको बताएका थिए । गोपिकृष्ण मुभिजको निर्माणमा तयार हुन लागेको यो फिल्ममा प्रदिपको साथमा परमिता राणा, मिरुना मगर, कर्माको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV