करिश्माकी छोरीले भनिन्–‘ममीको फिल्मका लागि म तयार थिइनँ’

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले आफू आमाको फिल्मका लागि अहिले नै तयार नभएको बताएकी छिन् । कविता अभिनेता शिव श्रेष्ठले निर्माण गरिरहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट नेपाली फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् । उनले, फिल्म क्षेत्रमा ल्याउन सहयोग गरेको भन्दै अभिनेता शिव श्रेष्ठलाई धन्यवाद दिइन् ।

यस्तै, कविताले आफूले सक्दो मिहिनेत गर्ने बताइन् । दर्शकलाई निराश नबनाउने उनको भनाई छ । कविताले अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठका छोरासँगै फिल्ममा डेब्यू गरेकी हुन् । फिल्ममा कविता र शक्तिलाई दर्शकले प्रेमी प्रेमिकाको रुपमा फिल्ममा देख्नेछन् ।

कविताको शारीरिक फिगरको बारेमा आलोचना भैरहेको समयमा उनी फिल्म क्षेत्रमा आउन लागेकी हुन् । फिल्मको कथावस्तुमा कविता जस्तै केही मोटी यूवती चाहिएकोले कवितालाई राखिएको चर्चा छ ।









