के करिश्मा ड्रिम गर्ल हुन् ?
अभिनेत्री करिश्मा मानन्धर ४५ बर्ष कटिसकेकी छिन् । करिश्मा मानन्धर ४५ बर्षको हुँदा पनि उनको सुन्दरतामा कमी आएको छैन । किनकी, करिश्मा मानन्धरको सुन्दरताको चर्चा हिजो पनि हुन्थ्यो र आज पनि हुन्छ ।
करिश्मा मानन्धरको सुन्दरताको चर्चा भैरहँदा अभिनेता शिव श्रेष्ठले भने करिश्मालाई ‘ड्रिम गर्ल’को उपाधि दिएका छन् । उनले, करिश्मालाई भगवानले फुर्सदमा बनाएको भन्दै उनलाई ड्रिम गर्ल भनिनुपर्ने बताए । सुन्दरताको तारिफ भैरहँदा करिश्मा भने मुस्कुराएकी थिइन् ।
करिश्मा मानन्धरलाई अभिनेता शिव श्रेष्ठले दिएको उपमाले उनलाई फिल्म क्षेत्रको ड्रिम गर्ल बनाउला त ? बलिउडमा ड्रिम गर्ल भनेर अभिनेत्री हेमा मालिनीलाई भन्दै आइएको छ ।
For More videos Log on to Mazzako TV