हनुमाने र मङ्गलीको मट्टीमालाको पोष्टर सार्वजनिक (भिडियो)
पहिलो पटक लिड रोलमा बुद्धी तामाङ बुद्धी तामाङको लिड रोल रहेको यस वर्षको वहुप्रतिक्षित चलचित्र मध्येको एक मट्टीमालाको फस्र्ट लुक आईतवार सार्वजनिक भएको छ । मेरीबास्सै का चर्चित जोडी हनुमाने (बुद्धी तामाङ) र मङ्गली (रजनी गुरुङ) को रोमान्स रहेको मट्टीमालामा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, सङ्घ्या श्रेष्ठ, टेकराज लाङ्घाली, विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।

पौरखी फिल्म्स प्रा.लि.को व्यानमार निर्मित चलचित्रमा टेक पौरखीको लेखन तथा निर्देशन रहेको छ भने निर्माताको रुपमा पृथ्वि राई स्वयम् रहेका छन् । जेठ २५ गते रिलिज हुने चलचित्र पारिवारिक,रोमान्स तथा कमेडीले भरिएको छ । हनुमाने–मङ्गली को अनस्क्रिन केमिस्ट्री तथा नेपाली टोनी जाका नामले परिचित स्टन्ट म्यान चिरनको एक्सन तथा प्रियंका कार्कीको विशेष भूमिकाका कारण चलचित्रलाई वहुप्रतितिक्षित मानिएको छ । राहुल राईको छायांकन रहेको चलचित्रमा सम्पादन तथा भिएफक्स अनिल कुमार महर्जनको रहेको छ । यसैगरी सुमन राईको संगीत रहेको यस चलचित्रमा गीतकार जानु काम्बाङ लिम्बु, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ रहेका छन् ।
चलचित्रमा विक्रम राई, सुन्दर लामा, सुमन राई, आनन्द राई, चन्द्र लामा, वविना किराती, अमृता लिम्बु र संगीता थापाको स्वर रहेको छ । कविराज गहतराज, राजेश पुमा राई र दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको चलचित्र मट्टीमालामा ड्रेस डिजाइनर सीमा राई, साउन्ड डिजाइनर निरज केसी, ब्याग्राउण्ड स्कोर सुजिल कर्माचार्य, डबिङ तथा लाईभ इफेक्ट्स सुजन वादल, कलर अनन्त घिमिरे, एक्सन राजेन्द्र चौधरी, पव्लिसिटी डिजाइन टाउवा क्रिएशन, थिएट्रिकल ट्रेलर साहिल खान, प्रोडक्सन म्यानेजर मधु आचार्य, इक्विपमेन्ट सिने फोकस, पोस्ट प्रोडक्सन सिने जोन, ड्रोन राज महर्जन, डिजिटल राइट्स हाइलाइट्स नेपाल र चिफ असिस्टेन्ट डिरेक्टर टेकराज लाङ्घाली रहेका छन् ।
For More videos Log on to Mazzako TV








