निश्चल र स्वस्तिमा एकसाथ
अभिनेत्री स्वस्तिमा खड्का अहिले व्यस्त छिन् । नेपाली फिल्म क्षेत्रमा उनले आफ्नो प्रभाव जमाउँदै गएकी छिन् । यस्तै, फिल्म निर्देशनमा पनि निश्चलको प्रभाव राम्रो छ । निश्चल फिल्म खेल्न पनि अगाडि सर्छन् । फिल्म ‘२ रुपैयाँ’मा निश्चल मुख्य हिरोको रुपमा देखिएका त भने स्वस्तिमाले ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरिन् ।

यो गीत युटुबमा भाइरल छ । यसपछि, यो रियल जोडीलाई दर्शकले फिल्ममा हेर्न पनि चाहेका छन् । अब भने यो जोडी पर्दामा देखिने तयारीमा छ । फिल्म ‘साँघुरो’ निर्देशन गरेका निर्देशक जोयस पाण्डेले बनाउन लागेको नयाँ फिल्मका लागि निश्चल र स्वस्तिमा फाइनल भएका छन् ।
यो बिषयमा आधिकारिक जानकारी दिइएको छैन । तर, पनि स्वस्तिमा खड्का र निश्चलले काम गर्ने बिषयमा सहमती जनाएका छन् ।
For More videos Log on to Mazzako TV








