निर्माता संघ र चलचित्र संघविच के भयो सहमती ?
नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघविच विभिन्न १७ बुँदामा सहमती भएको छ । आइतबार राती ११ बजेसम्म चलेको बार्ताबाट उनीहरु सहमतीको बिन्दुमा पुगेका हुन् । दुई संघविच भएको सहमतीको मुख्य विन्दुमा शेयर बाँडफाँडको बिषय छ । जसमा, सिंगल हलमा निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर पाउनेछन् ।

यस्तै, मल्टिप्लेक्स हलमा भने निर्माताले पहिलो हप्ता ५०, दोश्रो सातामा ४५, तेश्रो सातामा ४० र चौथो हप्तादेखि ३५ प्रतिशत शेयर पाउने सहमती भएको छ । अब, हलमा चलचित्रको प्रचारका लागि बजाइएको ट्रेलर, पोष्टर, स्ट्याण्डीको १५ दिनसम्मको पैसा प्रदर्शकले लिन पाउने छैनन् ।
यस्तै, चलचित्र रिलिज भएको प्रत्येक हप्ता वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र भुक्तानी दिइसक्नुपर्नेछ । सिंगल हलमा चलचित्र हलबाट उत्रिएको २ हप्तामा भुक्तानी दिइसक्नुपर्ने सहमती भएको छ । दुबै संघका आ आफ्नो पीडालाई हेरेर यो सहमती गरिएको बताइएको छ ।
For More videos Log on to Mazzako TV







