अभिनेत्री संचिता लुइटेल पर्दामा आउन चाहन्छिन् । तर, उनी बारम्बार एउटै कुरा भनिरहेकी छिन् । संचिताले अझै पनि राम्रो कथा पाएकी छैनन् । संचिताका लागि फिल्मका अफर नआएका होइनन् । तर, उनले भने राम्रो र चित्त वुझ्दो कथा नपाएर नै फिल्म नगरेकी हुन् । संचिताले सोलो अभिनेत्रीको रुपमा काम गरेको फिल्म ‘राधा’ हो ।

यसपछि, उनले केही फिल्ममा काम गरेपनि सफल हुन सकेनन् । संचिता पति निखिल उप्रेतीसँग एकसाथ फिल्म खेल्ने कुरामा पनि पक्का हुन सकेकी छैनन् । उनी, कथावस्तु मिलेको खण्डमा फिल्म खेल्ने बताउँछिन् । संचिताको सुन्दरताको चर्चा नेपाली फिल्म बजारमा अहिले पनि हुन्छ ।

तर, २ सन्तानकी आमा संचिता अहिले फिल्मको पर्दा भन्दा केही बाहिर छिन् । नेपाली फिल्ममा नयाँ नयाँ अभिनेत्रीको डिमाण्ड बढ्न थालेपछि संचिता पर्दा पछाडि परेकी हुन् ।

For More videos Log on to Mazzako TV