विशेष शोमा ‘लम्फू’ लाई यस्तो प्रतिक्रिया
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘लम्फू’को विशेष राजधानीको क्यूज हलमा आयोजना भएको छ । फिल्मलाई पत्रकारहरुले हेरेका छन् । फिल्म हेर्नका लागि मुख्य कलाकार कविर खड्का र मरिष्का पोख्रेल पनि पुगेका थिए । विशेष शोमा पुगेका पत्रकारहरुले फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

फिल्मबाट अभिनेता कविर खड्काले संभावना देखाएका छन् । कविरले नै पुरा फिल्म बोकेका छन् । उनकै वरिपरी घुमेको फिल्ममा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतका कलाकार देखिएका छन् । फिल्मको कथावस्तु राम्रो छ ।
फिल्मलाई निर्देशक गोपालचन्द्र लामिछानेले तन्काउँदा कतिपय स्थानमा दिक्क लगाउँछ । निर्माता शक्तिबल्दभ घोरासैनीले आफूहरुले राम्रो फिल्म बनाएको र अब सफल वा असफल बनाउने जिम्मा दर्शकमा भएको बताए ।
For More videos Log on to Mazzako TV








