अमेरिका बोइज कि खाडी बोईज ?? (भिडियो)
चलचित्र ‘अमेरिका बोइज’को निकै मज्जाको ट्रेलर सार्वजनिक भएको छ । यहि जेठ १८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यो सिनेमाको ट्रेलर हेर्दा निकै रमाईलो लाग्छ । अमेरिकाको डिभी अनि त्यसको वरिपरि घुमेको तीन युवाहरुको कथा सिनेमाले बोलेको छ ।
कमेडी जनरामा बनेको यो सिनेमामा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुले अभिनय गरेका छन् । ‘अमेरिका बोइज’लाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।
चलचित्र ‘अमेरिका बोइज’लाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV