मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को नर्वेमा भब्य प्रिमियर गरिएको छ । नर्वे स्थित ओस्लोको ‘भीका भिक्टोरिया’ हलमा सम्पन्न प्रिमियर भएको हो । जुन हलमा फिल्म हलिउड मात्र प्रिमियर हुने गथ्र्यो । प्रिमियर शोमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियोे ।

सबटाइटल सहितको फिल्म भएकाले नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी दर्शकहरुको पनि उपस्थिती रहेको थियो । प्रिमियर पश्चात चाम्सले नेपाली फिल्मका लागि अन्तराष्ट्रिय बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।

प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि उपस्ति रहेको थियो । सत्यकथामा आधारित फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV