अभिनेता दिपकराज गिरीले अभिनेत्री प्रियंका कार्कीको बिषयमा नयाँ बयान दिएका छन् । जसले, अब दिपकसँग प्रियंकाको जोडी फिल्ममा हुने संभावना कम देखाएको छ । फिल्म ‘छक्का पन्जा ३’मा प्रियंकालाई जोडी नबनाएर दिपकले अभिनेत्री दीपिका प्रसाइलाई जोडी बनाए । यसैले पनि किन प्रियंका जोडी भइनन् भनेर उनलाई प्रश्न आइरहेको छ ।

दिपक भने दर्शक अब प्रियंका र आफ्नो फिल्म धेरै भएको बताउँछन् । यसैले, यो कुराले दर्शक नै कन्फ्यूज हुने उनको तर्क छ । दर्शक नै कन्फ्यूज हुन थालेपछि नयाँ अभिनेत्री भित्राएको दिपकले बताएका छन् । दिपक र प्रियंकाले लगातार ४ वटा फिल्ममा जोडी भएर काम गरे । यसपछि भने प्रियंका र दिपकले धेरै फिल्म खेलेको भन्दै आलोचना पनि भयो ।

यस्तै, प्रियंकाले धेरै फिल्ममा काम गर्नुको कारणले पनि दिपक र निर्देशक दीपाश्री निरौलाले उनलाई फिल्ममा मुख्य भूमिकामा नलिएको प्रष्ट छ ।

For More videos Log on to Mazzako TV